
file photo
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको छ।
अख्तियारले अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा लिएका थिए। उक्त जग्गा तथा त्यससँग सम्बन्धित कारोबारलाई आधार बनाएर सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको हो।

