
फाईल तस्बीर।
काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहित गर्ने उद्देश्यले नयाँ ‘लखपति’ योजना ल्याउने भएको छ।
योजनाअनुसार अब हरेक दिन एक जना नेपाली नागरिक लखपति बन्नेछन् भने प्रत्येक महिना दुई जनाले बम्पर पुरस्कारस्वरूप १०-१० लाख रुपैयाँ पाउनेछन्।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिक तथा १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी सक्कली बिल लिने नागरिक यो योजनामा सहभागी हुन पाउनेछन्।
अब १०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ। उक्त बिल नम्बरकै आधारमा पुरस्कार योजनामा सहभागी हुन सकिनेछ।
हाललाई हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा लखपति योजनाको घोषणा गरिने बताइएको छ।
सरकारले बजेटमार्फत घोषणा गरेको यस कार्यक्रमको कार्यान्वयनसम्बन्धी विस्तृत व्यवस्था कार्यविधिमा समेटिएको छ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३

