Nepal Purbadhar

एकान्तकुनामा वर्षेनि भासिने सडकको दीर्घकालीन समाधान खोजिँदै, यसरी हुँदैछ काम- तस्बीरहरू


काठमाडौं । चक्रपथअन्तर्गत ललितपुरको एकान्तकुनामा ढल निकास सुधारका लागि सडक डिभिजन, ललितपुरले काम अघि बढाएको छ।

यस खण्डमा प्रभावकारी ढल निकासको व्यवस्था नहुँदा वर्षेनि सडक भासिने समस्या देखिँदै आएको छ। सडकको पर्खालसमेत भत्किने जोखिम बढेपछि सडकको एक भाग भत्काएर दीर्घकालीन ढल निकास व्यवस्थापनको काम भइरहेको हो।

ढल निकास व्यवस्थित भएपछि वर्षायाममा सडक भासिने तथा सडक संरचनामा क्षति पुग्ने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

तस्बीरहरू: फोटो लाइब्रेरी


Read Previous

जलस्रोत विधेयक संसद लैजाने तयारी, ऊर्जामन्त्रीले गरे प्रदेशका मन्त्रीसंग छलफल

Read Next

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य: सभापति गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar