Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक सुरु


काठमाडौं । नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक राजधानीमा सुरु भएको छ । करिब डेढ दशकपछि दुवै देशका विज्ञ समूह सम्मेलित जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बिहीबार बिहान १० बजेबाट सुरु भएको हो ।

शुक्रबारसम्म चल्ने बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट त्यहाँको जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कबिर विन अनवारले नेतृत्व गरिरहेका छन् ।

बैठकमा दुई देशको जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल भइरहेको बैठकमा सहभागी एक विज्ञले जानकारी दिए । बैठकमा नेपालको तर्फबाट डा. श्रेष्ठसहित, विद्युत विकास विभागका महानिर्देशक संदीप देव, जल तथा मौसम विज्ञान विभागका महानिर्देश कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक शुशीशचन्द्र आचार्य लगायत सहभागी भएका छन् ।

बैठकमा जलस्रोत क्षेत्रको विकास, जलवायु परिवर्तनको मुद्दा, जलस्रोतको अध्ययन र अनुसन्धान,बाढी नियन्त्रण एवं जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । यसअघि पछिल्लो पटक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको थियो ।


Read Previous

आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपहरूबीच प्रतिष्पर्धा हुने

Read Next

उपकरण आयात सुस्तताले सान्जेनका आयोजनाको विद्युत उत्पादन लम्बिँदै, प्रसारण लाइनको पनि समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *