Nepal Purbadhar

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५३ ब्रान्ड सहभागी हुँदै


काठमाडौं। काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी तीव्र पारिएको छ। एक्स्पो शुरू हुन एक दिन बाँकी रहँदा विभिन्न अटोमोबाइल ब्रान्डहरू आफ्ना स्टल निर्माण तथा सजावटमा व्यस्त छन्।

प्रदर्शनीस्थलमा रातिसम्मै स्टल निर्माण तथा सजावटको काम भइरहेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा एक्स्पो साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार यस वर्षको एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिनेछ। एक्स्पो संयोजक गौरव शारदाका अनुसार ५३ वटा ब्रान्डको सहभागिता रहनेछ।

नाइमा आयोजकले एक्स्पोलाई नेपालमा हालसम्मकै ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी बनाउने तयारी गरिएको जनाएको छ। एक्स्पोमा नयाँ सवारीसाधन, विद्युतीय सवारीसाधन तथा अटोमोबाइल क्षेत्रका पछिल्ला प्रविधि र उत्पादन अवलोकन गर्न सकिनेछ।

📸 तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

डिजिटल रूपान्तरण र प्रविधि पत्रकारितामा सहकार्य गर्दै क्यान महासंघ र टीजेएफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar