Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

सेनासँग फास्ट ट्र्याक तोकिएको समयमा सम्पन्न गर्ने विश्वसनीय कार्यतालिका माग


काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले नेपाली सेनाको फास्ट ट्र्याक आयोजना सम्बद्ध अधिकारीसँग लागत बढ्न नदिइ निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधार प्रस्तुत गर्न सेनालाई निर्देशन दिएको छ ।

समितिले आर्थिक वर्ष २०७९/८० को ठोस कार्यतालिका तत्काल बनाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । ‘त्यो कार्यतालिका यथाशिघ्र समितिलाई उपलब्ध गराउन समिति प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, रक्षा मन्त्रालय र सम्बद्ध आयोजनालाई निर्देश गर्दछ’ समितिको निर्णयमा उल्लेख छ ।

२०८१ मंसिरसम्म आयोजना सम्पन्न गर्नेमा संसदीय समितिकै शंका

समितिले फास्ट ट्र्याक आयोजना तोकिएकै समयमा सम्पन्न गर्ने नेपाली सेनाका दाबीमा शंका व्यक्त गरेको छ । सेनाले २०८१ मंसिर महिनासम्ममा आयोजना सम्पन्न गर्ने घोषणा विभिन्न मञ्चहरुमा दोहो¥याउदै आएको छ ।

सोमबार समितिमा उपस्थित आयोजना प्रमुख सहायक रथी विकास पोखरेलेले पनि तोकिएकै समयसीमामा आयोजना सम्पन्न गर्ने विषय दोहो¥याए । तर, संसदीय समितिले भने तोकिएको समयसीमामा आयोजना सम्पन्न हुने विश्वसनीय आधार नभएको उल्लेख गरेको छ ।

सेनाले अघिल्लो आर्थिक वर्षभित्र सबै ठेक्का व्यवस्थापन गर्ने घोषणा गरे पनि अझै सबै ठेक्का व्यवस्थापन भएका छैनन् । ‘यसकारण पनि आयोजना तोकिएको समयमा पूरा हुने विषयमा समिति विश्वस्त हुन अवस्था देखिदैन’ समितिको सोमबार बसेको बैठकले गरेको निर्णयमा उल्लेख छ ।

सेनाले आयोजना जिम्मा लिएको ५ वर्षको प्रगति २१ प्रतिशत मात्र

नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा आयोजनाको समष्टिगत प्रगति २१ दशमलव १८ प्रतिशत छ । बहुप्रतिक्षित एशियन हाइवे मापदण्डअनुसार निर्माण गर्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको यस आयोजनामा अहिलेसम्म भएको प्रगति अत्यन्त न्यून हो ।

नेपाली सेनाले आयोजना जिम्मा लिएको ५ वर्ष पूरा भइसकेको छ । सेनालाई तत्कालिन सरकारले २०७४ साल बैशाखमा आयोजना नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय गरेको थियो ।

‘वातावरणीय अनुगमनसम्बन्धी जानकारी १५ दिनभित्र बुझाउनु’

विकास तथा प्रविधि समितिले दु्रतमार्ग आयोजनाको काम सञ्चालन गर्दा यसको वातावरणीय पक्षहरू इआइए (इन्भारोन्मेण्ट इम्प्याक्ट एसेसमेण्ट) र इएमपी (इन्भारोन्मेण्ट म्यानेजमेण्ट प्लान) कार्यान्वयनको वर्तमान अवस्थाबारे समितिले जानकारी माग गरेको छ । ‘आयोजनाको तस्रो पक्षबाट हुने अनुगमन के–कसरी कार्यान्वयन भएको छ, यसको स्पष्ट जानकारी १५ दिनभित्र समितिमा उपलब्ध गराउनु ।’ निर्देशनमा उल्लेख छ । समितिले रक्षा मन्त्रालय र सम्बद्ध आयोजनालाई यो निर्देशन दिएको हो ।

सोमबार बसेको बैठकमा रक्षा मन्त्रालयका सचिव, काठमाडौं–तराई–मधेश दु्रतमार्गसडक आयोजनाको नेपाली सेनाका आयोजना प्रमुख तथा सम्बद्ध पदाधिकारीहरु उपस्थित थिए ।

त्यस्तै, फास्ट ट्र्याको सम्बन्धमा रक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनमाथि पनि छलफल भयो । बैठकले आयोजनाका ठेक्का, कामको गुणस्तरमा प्रश्न उठाएपछि रक्षा मन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

समितिले बुझाएको प्रतिवेदनको पूर्ण अध्ययन गरे अर्को पटक बस्ने बैंठकमा निर्णय लिने समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।


Read Previous

फाइभजी नेटवर्कको अनुमति पाएको वर्ष दिन बित्यो,परीक्षणको सुरसार छैन

Read Next

घण्टी बजाएर स्टार्टअप राष्ट्र २०२२ को घोपणापत्र सार्वजनिक

Leave a Reply

Your email address will not be published.