Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

फाइभजी नेटवर्कको अनुमति पाएको वर्ष दिन बित्यो,परीक्षणको सुरसार छैन


काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले नयाँ प्रविधि परीक्षण सम्बन्धी कार्यविधि २०७८ जारी गरी १ वर्षअघि नेपाल टेलिकमलाई फाइभजी नेटवर्क परीक्षण गर्ने अनुमति दियो । प्राधिकरणले टेलिकमलाई अनुमति दिएको गत साउन ४ गते १ वर्ष पुगिसकेको छ ।

प्राधिकरणले अनुमति दिएको वर्ष दिन बितिसके पनि टेलिकमले अहिलेसम्म परीक्षणको थालनीका लागि सुरसार समेत गरेको देखिँदैन । जेडटीई र सीसीएसआई हङकङ कम्पनीसँग भएको सम्झौता अनुसार फोरजी /एलटीई सेवा विस्तारपछि फाइभजीको परीक्षण पनि यही कम्पनीले सुरु गर्नपर्ने थियो । तर, यो कम्पनीले लक्ष्यअनुसार काम गर्न नसक्दा फाइभजी नेववर्क परीक्षणमा ढिलाइ हुँदै गइरहेको छ ।

प्राधिकरणले लक्ष्यअनुसार फाइभजी नेटवर्क परीक्षणको काम सुरु गर्न नसकेको नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । ‘प्राधिकरणले नयाँ प्रविधिको परिक्षण सम्बन्धी कार्यविधि २०७८ तयार पारेर टेलिमकलाई १ वर्ष अगाबै फाइभजी परीक्षण प्रसारणको लागि अनुमति दिइसकेको छ,’ उनले भने, ‘तर, अहिलेसम्म किन परीक्षण कार्यको थालनी हुन सकिरहेको छैन ?’ उनले प्राधिरकणले टेलिकमलाई २६ सय मेगाहर्जमा फाइभजी नेटवर्क परीक्षण गर्न अनुमति दिएको पनि बताए ।

उनले प्राधिकरणको काम अनुमति दिने मात्रै भएकाले परीक्षणको काम टेलिकमले नै गर्नुपर्ने बताए । उनले प्राधिरकणले टेलिकमलाई आवश्यक परेको अवस्थामा सहजीकरण गर्ने मात्रै भएको बताए ।

२०७५ माघमा टेलिकमले १ वर्षभित्रै फोरजी सेवा मुलुकभर पु¥याउने भन्दै फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (-यान) का लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार १ वर्षभित्रै फोरजी सेवा मुलुकभर पु¥याउनुपर्ने थियो । त्यसैगरी सोही सम्झौतामा फोरजी जडान सम्पन्न गरेसँगै सोही कम्पनीले फाइभजीको पनि परीक्षण गर्ने शर्त राखिएको थियो । तर, चिनियाँ कम्पनीले फोरजी जडानमा नै आलटाल र ढिलासुस्ती गरेसँगै फाइभजी जडान कार्यले प्रथामिकता नपाएको हो ।

टेलिकमले पनि गत वर्ष नै पहिलो चरणमा ४ स्थानमा फाइभजीको परीक्षण गर्ने कार्यतालिका समेत बनाएको थियो । कार्यतालिका अनुसार काम नहुँदा अहिलेसम्म फाइभको परीक्षण हुन सकेको देखिँदैन ।

फाइभजीको परीक्षण गर्ने फिक्यूेन्सी पाएसँगै आवश्यक नेटवर्क तथा उपकरणको वर्कआउट गर्नका लागि केही बढी समय लागेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । ‘फाइभजी जडानका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रीको आयातको अनुमति लिनका लागि पनि केही समस्या आउँदा केही अलि ढिलो भएको हो,’ उनले भने‘ टेलिकमले फाइभजी नेटवर्क सञ्चालनका लागि आवश्यक पर्ने उपकरण आयात गर्ने अनुमति पनि पाइसकेकाले केही समयभित्रै काम अघि बढाउन सकिन्छ भन्ने लागेको छ ।’

अत्यावश्यक उपकरण तथा सामग्री आउनेबित्तिकै जतिसक्दो छिटो परीक्षण गर्ने तयारीमा जुटेको टेलिकमले जनाएको छ । प्रवक्ता अधिकारीले नेपालमा फोरजी जडान गर्ने ठेकेदार कम्पनीले नै फाइभजीको परीक्षण गर्ने बताए ।

‘फोरजी जडान गर्ने कम्पनीले नै फाइभजीको ट्रयाल गर्ने भएकाले पनि केही समय ढिलासस्ती भएको हो । अहिले फाइभजी जडानको लागि आवश्यक उपकरण ल्याउने प्रक्रिया अघि बढेकाले सम्भवत् दशैभित्र फाइभजीको परीक्षण हुने सम्भावना छ’ उनले भने । टेलिकमले मात्रै अहिलेसम्म फाइभजी नेटवर्क परीक्षणको अनुमति पाएको छ ।

प्राधिकरणले २६ सय मेगाहर्जमा फाइभजी परीक्षण गर्न लागिरहेको छ । अधिकारीका अनुसार टेलिकमले फाइभजी नेटवर्कको सेवा विस्तारको लागि आपूर्तिकर्ता (सप्लायर्स) सँग छलफल अघि बढाउँदै आइरहेको छ । फोरजीको जडान अन्तिम चरणमा पुगेपछि फाइभजीको परीक्षण गर्ने प्राधिकरणको पूर्वयोजना थियो । टेलिकमले ७५३ स्थानीय तहमध्ये अधिकांश स्थानमा फोरजी सेवा विस्तार गरिसकेको छ ।

‘फोरजी चल्ने टेलिकमको भौतिक पूर्वाधारले फाइभी चल्न सक्दैन होला । त्यसैले फाइभजीको आवश्यक पूर्वाधार निर्माणको लागि आपूर्तिकर्ताहरुसँग छलफल गरिरहेका छौं,’ धिकारीले भने ‘फोरजीको तुलनामा फाइभजीमा उच्च ब्यान्डविथ र यसको कनेक्ट्रिभिटि पनि उच्च खालको हुने गर्छ ।’

फोरजी चल्ने मोबाइल सेटमा फाइभजी नेटवर्क नचल्ने सम्भावना पनि रहेको टेलिकमले जानकारी दिएको छ । अहिले नेपालमा भित्रिएका उच्च खालका मोबाइल सेटमा फाइभजी पनि सञ्चालन हुन सक्ने अनुमान गरिएको छ । ‘कतिपय नेपालमा भित्रिएका मोबाइल सेट नै फोरजी मात्रै चल्नेखालका छन् । त्यस्ता सेटमा फाइभजी नचल्न पनि सक्छ,’ उनले भने ।

नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदिप पौडेलले फाइभजी आएसँगै फोरजीलाई कोएक्जिसट गरेर चलाउन सकिने बताए । ‘फाइभजी आएसँगै फोरजी तुरुन्तै हट्छ भन्ने हुँदैंन । अहिले पनि फोरजी आएसँगै टुजी सेवा चलिरहेकै छ,’उनले भने, ‘फोरजीसम्म आउँदा इन्टरनेटको डाटाको स्पिीड कसरी बढाउने हो भन्नेमा केन्द्रीत भएका थियौं । तर, फाइभजीमा आइपुग्दा यसको सेवा स्पिीडमा मात्रै नभएर अन्य किसिमका धेरै एप्लिकेसनमा आधारित स्मार्ट सिटी लगायतलाई चाहिने आवश्यक कुराहरू यसमा पर्नेछन् ।’ उनले फाइभजी विशेष गरी स्मार्टसिटी ,इन्डष्ट्रीअटोमेसन गर्ने लगातका विविध फिचर्सहरू  यस अन्तर्गत पर्ने बताए ।


Read Previous

‘उदयपुरले दैनिक ६ हजार मेट्रिकटन क्षमताकाे नयाँ उद्याेग स्थापना गर्न काम गरिरहेकाे छ ’

Read Next

सेनासँग फास्ट ट्र्याक तोकिएको समयमा सम्पन्न गर्ने विश्वसनीय कार्यतालिका माग

Leave a Reply

Your email address will not be published.