Nepal Purbadhar

सोमवार, मंसिर २४, २०८१
Monday, December 9, 2024

सोमवार, मंसिर २४, २०८१
Monday, December 9, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

अनलाइन विद्युत महसुल तिर्ने ग्राहक १० लाख, २० वितरण केन्द्रलाई इ-सेवाको सम्मान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई अनलाइनमार्फत विद्युत महसुल तिर्ने ग्राहकको संख्या १० लाख पुगेको छ । प्राधिकरणले अनलाइन महसुल भुक्तानी सुरु गरेको करिब ५ वर्षमा यति ग्राहकले यो सेवाको उपयोग गर्दै आइरहेका हुन् ।

अहिले देशभरबाट दैनिक ५ देखि ७ करोड हाराहारीमा अनलाइनमार्फत महसुल संकलन हुँदै आएको प्राधिकरण कम्प्युटराइज विल्डिङ तथा नेटवर्क महाशाख प्रमुख रबिन्द्र श्रेष्ठले बताए । उनका अनुसार ग्राहकले अनलाइनमार्फत तिर्ने विद्युत महसुल कूल महसुलको करिब ३० प्रतिशत हो ।

‘अनलाइनमार्फत विद्युत महसुल तिर्ने ग्राहकको संख्या क्रमशः बढिरहेको छ,’ उनले भने,‘इन्टरनेट र मोबाइल बैंकिङको पहुँच भएका ग्राहकले अनलाइनबाटै महसुल तिरिरहनु भएको छ । अहिले मासिकरूपमा २ अर्ब रुपैयाँसम्म अनलाइनमार्फत प्राधिकरणको महसुल उठिरहेको छ ।’ उनले अनलाइन भुक्तानी प्रणालीको अहिलेको दायरा बढाएर १ करोड रुपैयाँसम्म पुर्याउन सक्ने हो भने ठूला ग्राहक पनि थपिने बताए ।

प्राधिकरणले मासिक ५ लाखभन्दा कम महसुल उठ्ने ग्राहकका लागि अनलाइनमार्फत तिर्न मिल्ने सुविधा दिएको छ । प्राधिकरणले विद्युत महसुल अनलाइन भुक्तानी सेवा सुरु गरेको वर्ष २०७४ भदौदेखि चैतसम्म ६५ करोड रुपैयाँ संकलन भएको थियो ।

यस्तै, २०७५ सालभर (१२ महिना) मा ४ अर्ब ६० करोड रुपैयाँ संकलन भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार २०७६ सालमा ८ अर्ब ७० करोड, २०७७ सालमा ११ अर्ब ७६ करोड रुपैयाँ, २०७८ सालमा १५ अर्ब २५ करोड रुपैयाँ संकलन भएको थियो ।

२०७९ साल सुरु भए यता ३ महिनाको अवधिमा पनि ४ अर्ब ६० करोड रुपैयाँ संकलन भइसकेको श्रेष्ठले जानकारी दिए । ५ वर्षको अवधिमा अहिलेसम्म ४५ अर्ब रुपैयाँ बढी महसुल अनलाइनबाट संकलन भएको छ ।

अहिले इ-सेवा, प्रभु बैंक, खल्ती, आइएमई पे, एनआइबिएल, फोन पेलगायत ११ वटा सेवा प्रदायकले अनलाइन विद्युत महसुल संकलन गर्दै आएका छन् । जसमध्ये ६० प्रतिशत बढी महसुल इ-सेवा एक्लैले संकलन गर्दै आइरहेको छ । सेवा प्रदायकले अनलाइनमार्फत संकलन गरेको विद्युत महसुल प्राधिकरणको बैंक खातामा जम्मा हुने गर्दछ ।

२० वितरण केन्द्रलाई इ-सेवाको सम्मान
अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाले अनलाइनमार्फत विद्युत महसुल संकलन गर्ने प्राधिकरणका २० वितरण केन्द्रलाई सम्मान गरेको छ । इ–सेवाले प्राधिकरणका देशभरका १२९ वितरण केन्द्र मध्ये उत्कृष्ट २० वितरण केन्द्रका आय संकलन काउन्टर प्रमुखलाई सम्मान गरेको हो ।

इ-सेवाद्वारा सम्मानित वितरण केन्द्र र आय काउन्टर प्रमुखको नाम

क्र.सं वितरण केन्द्रको नाम आय प्रमुखको नाम
१. कुलेश्वर रघुनन्दन पौडेल
२. रत्नपार्क रजनिशराज घिमिरे
३. महाराजगञ्ज गीता तिमल्सिना
४. बानेश्वर राजेश रिमाल
५. भक्तपुर अनिता बन
६. बुटवल खेमराज आचार्य
७. दमक बालकुमारी कार्की
८. कावासोती लालहरी उपाध्याय
९. नेपालगन्ज सुमित्रा बोहोरा
१०. पोखरा शिव सुवेदी
११. टाँडी माधव तिमल्सिला
१२. इटहरी समिता नेपाली
१३. लेखनाथ लोकप्रसाद काफ्ले
१४. भरतपुर खेमराज गुरुङ
१५. धनगढी देवीसरा महतरा
१६. विराटनगर सुरेन्द्र न्यौपाने
१७. उर्लाबारी हरि श्रेष्ठ
१८. भैरहवा सुनिता क्षेत्री
१९. लालबन्दी सरोज साह
२० नयाँ मिल अश्मिता ज्ञवाली

स्राेतः नेपाल विद्युत प्राधिकरण


Read Previous

सफल आयोजनाको परम्परागत बुझाईमा परिवर्तन

Read Next

मध्यतमोर आयोजनाको मुख्य सुरुङ पूरा, विद्युत उत्पादन गर्न १३ महिना लाग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *