Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

मध्यतमोर आयोजनाको मुख्य सुरुङ पूरा, विद्युत उत्पादन गर्न १३ महिना लाग्ने


काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको ३.७ किलोमिटर लामो सुरुङ खनेर सकिएको हो ।

गत शुक्रबार (असार ३१ गते) राति ११ बजे मुख्य सुरुङ वारपार भएको आयोजना संयोजक मणिराज पोखरेलले बताए । ‘आयोजनाको मुख्य र चुनौतीपूर्ण काम भनेको सुरुङ निर्माण नै हो । हाम्रो आयोजनाको मुख्य सुरुङ खनेर सकेका छौं,’ उनले भने, ‘यसलाई हामीले ठूलो सफलता मानेका छौं ।’

उनले खनेर सकिएको सुरुङमा अब लाइनिङ तथा कंक्रिटिङ लगायतको काम गरिने बताए । सिभिलतर्फ आयोजनाको ६७ प्रतिशत निर्माण पूरा भइसकेको पनि उनले बताए ।

अहिले बाँध, सुरुङ र विद्युतगृहको सिभिलतर्फको काम धमाधम भइरहेको छ । बाँध क्षेत्रका संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । उनले बाँध क्षेत्रमा ९० प्रतिशत काम सकिएको बताए ।

विद्युतगृहमा सिभिलतर्पको करिब ७० प्रतिशत काम सकिएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम हुन बाँकी छ । हाइड्रोमकानिकलतर्फका उपकरणहरू केही आयात भएको र बाँकीको पनि आयात हुन लागेको कम्पनीले जनाएको छ ।

यो आयोजना अबको १३ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । नेपाल इन्भेष्टमेन्ट, कृषि विकास, सिदार्थ, लक्ष्मी गरी ८ वटा बैंकले आयोजनामा ऋण लगानी गरेका छन् । बाणिज्य बैंकहरूले गरेको लगानी साढे ९ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको दुरी ९ किलोमिटर छ । कोसी कोरिडोरको ढुंगेसाँघु–वसन्तपुर खण्ड निर्माणाधीन छ । तुम्लिङटार–इनरुवा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनीले ढुंगेसाँघुसम्मको ९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन अन्तर्गत २४ वटा टावर निर्माण हुनेछन् । प्रसारण लाइनको रुटमा निर्माण हुने सबै टावरको जग खनेर सकिएको पोखरेलले जानकारी दिए । ३ वटा टावर समेत खडा गरिएको उनले बताए ।

सानिमा समूहको लगानीमा मध्यतमोरसँगै २८.१ मेगावाटको तल्लो लिखु, १४.३ मेगावाटको माथिल्लो मैलुङ आयोजना पनि निर्माणाधीन छन् । जसमध्ये तल्लो लिखु ९५ प्रतिशत पूरा भइसकेको छ । २२ मेगावाटको सानिमा माई, ७ मेगावाटको माई क्यासकेड, २.६ मेगावाटको सुनकोसी सानालगायत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् ।


Read Previous

अनलाइन विद्युत महसुल तिर्ने ग्राहक १० लाख, २० वितरण केन्द्रलाई इ-सेवाको सम्मान

Read Next

विद्युत उत्पादन गर्ने १८ जलविद्युत प्रवर्द्धकलाई विभागको सम्मान

Leave a Reply

Your email address will not be published.