Nepal Purbadhar

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

विश्व बैंकको उपक्षेत्रीय कार्यालय काठमाडौमा


काठमाडौं । श्रीलंकामा रहेको विश्व बैकको उपक्षेत्रीय कार्यालय काठमाडौमा सरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेसँगै यो विधिवत रुपमा काठमाडौ सरेको हो ।

अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ । नयाँ क्षेत्रीय कार्यालय अन्तराष्ट्रिय मापदण्डमा आधारित भई निर्माण सम्पन्न गरेको विश्व बैंकले जनाएको छ ।
सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको बित्तीय सहयोगमा संचालित २५ आयोजनाहरुमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ ।

नयाँ क्षेत्रिय कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी भरपर्दो साझेदारका रुपमा रहीआएको बताए । कार्यालयको बिस्तार र स्तरोन्नतीसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माको भनाई थियो । ‘विश्व बैंकले वित्तीय श्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान प्रदान गर्दछ । विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका रुपमा चिनिदै आएको छ’ उनले भने, ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास गरेको छु ।’

विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय बित्त निगमले सन् २००७ देखी नेपालमा काम शुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने भएकाले नेपालका निजी क्षेत्र समेत लाभान्वित हुने विश्वास लिएको मन्त्री शर्माको छ ।


Read Previous

वायु सेवा सञ्चालक संघले दियो बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी

Read Next

‘बूढीगंगा’ नबनोस् बूढीगण्डकी

Leave a Reply

Your email address will not be published.