Nepal Purbadhar

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सवारी साधनको भाडा बढ्यो, कुन रुटको कति ?


काठमाडौं । सरकारले अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आज (६ असार) देखि कार्यान्वयन हुने गरी भाडादर वृद्धि गरेको हो ।

नयाँ भाडादरअनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशतले वृद्धि भएको छ । यसको अर्थ १ सय रुपैयाँ भाडा लाग्थ्यो भने अब १ सय ५ रुपैयाँ ३० पैसा तिर्नुपर्नेछ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ६.९४ प्रतिशतले वृद्धि भएको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि भएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको छ ।

त्यसैअनुसार पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको ६ असारमा डिजेलको बजार मूल्य १६५रुपैयाँ प्रति लिटरमा २७ रुपैयाँ वृद्धि भई अहिले बजार मूल्य १९२ रुपैयाँ प्रति लिटर कायम भएको छ । यो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मुल्यभन्दा १६.३६ प्रतिशत बढी भएकोले भाडादर वृद्धि गर्नुपरेको विभागका भनाइ छ ।

यातायात व्यवस्था विभागले वृद्धि गरेको भाडादर दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

कहाँ कतिले बढ्यो भाडा: अन्तरप्रदेश भाडादर


Read Previous

प्रतिलिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुग्यो, डिजेल र मट्टीतेलमा २७ रुपैयाँ वृद्धि

Read Next

मुआब्जा दररेटबारे जानकारी दिन बुढीगण्डकी सरोकार समितिको माग

Leave a Reply

Your email address will not be published.