Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

प्रतिलिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुग्यो, डिजेल र मट्टीतेलमा २७ रुपैयाँ वृद्धि


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले आइतबार मध्य रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

पेट्रोल लिटरमा एकै पटक २१ रुपैयाँ बढाइएको छ । मूल्य वृद्धिपछि अब प्रतिलिटर पेट्रोल खरिद गर्नका लागि १९९ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यस्तै, मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ बढेको छ । आइतबारको मूल्य वृद्धिपछि प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याइउको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई इनधनमा समेत प्रतिकिलोटिरमा १०० अमेरिकी डलर बढाएर १ हजार ६ सय ४५ अमेरिकी डलर पुर्याएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने नबढाई यथावत राखिएको छ ।

यसअघि गत जेठ २६ गते पनि पेट्रोलमा प्रतिलिटर ८ र डिजेल र मट्टीतेलमा १२ रुपैयाँ मूल्य बढाएर समायोजन गरिएको थियो । युक्रेन–रसिया युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार–चढाव आउँदा त्यसको असर नेपालमा पनि देखिएको छ । दुई देशको युद्ध सुरु भए यता नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।


Read Previous

डिजिटल रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड,सूचना प्रविधि उच्च आयोग गठन हुँदै

Read Next

सवारी साधनको भाडा बढ्यो, कुन रुटको कति ?

Leave a Reply

Your email address will not be published.