Nepal Purbadhar

दूरसञ्चार सुचकांक: मोबाइल र इन्टरनेट प्रयोगकर्ता ३ करोड नाघे, ब्रोडब्यान्डको पहुँच ९५ प्रतिशत


काठमाडौं । नेपालमा दूरसञ्चार सेवाको पहुँच निरन्तर विस्तार हुँदै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको असार २०८३ को तथ्यांकअनुसार देशमा मोबाइल, स्थिर टेलिफोन तथा अन्य दूरसञ्चार सेवाका कुल ग्राहक संख्या ३ करोड ३७ लाख ८३ हजार ५ सय ५५ पुगेको छ।

प्राधिकरणका अनुसार असार २०८३ सम्म कुल ३ करोड ३७ लाख ८३ हजार ५ सय ५५ दूरसञ्चार ग्राहक रहेका छन्। यसमध्ये मोबाइल सेवाको हिस्सा सबैभन्दा ठूलो छ। कुल दूरसञ्चार सेवामा मोबाइल सेवाको हिस्सा ९८.५९७ प्रतिशत रहेको छ भने स्थिर टेलिफोन सेवाको हिस्सा १.३९९ प्रतिशत छ। अन्य दूरसञ्चार सेवाको हिस्सा ०.००४ प्रतिशत मात्र रहेको छ।

नेपाल टेलिकमको मोबाइल बजार हिस्सा ५३ प्रतिशतभन्दा बढी

मोबाइल सेवातर्फ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमको ग्राहक संख्या १ करोड ६१ लाख ९३ हजार ९ सय २१ पुगेको छ। कम्पनीको मोबाइल बजार हिस्सा ५३.३०७ प्रतिशत रहेको छ।

त्यस्तै, एनसेल कम्पनी लिमिटेडका मोबाइल ग्राहक संख्या १ करोड ४१ लाख ८३ हजार २ सय ३१ छन्। एनसेलको बजार हिस्सा ४६.६८९ प्रतिशत रहेको छ।

अन्य दूरसञ्चार सेवाका ग्राहक संख्या १ हजार २ सय ३ मात्र रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

मोबाइल सेवाको पहुँच जनसंख्याभन्दा बढी

नेपालमा मोबाइल सेवाको पहुँच जनसंख्याको तुलनामा १०२.७१ प्रतिशत पुगेको छ। स्थिर टेलिफोन सेवाको पहुँच १.४५७ प्रतिशत र अन्य दूरसञ्चार सेवाको पहुँच ०.००४ प्रतिशत रहेको छ।

समग्रमा दूरसञ्चार सेवाको जनसंख्या पहुँच १०४.१६२ प्रतिशत पुगेको छ। यसको अर्थ नेपालमा एक व्यक्तिसँग एकभन्दा बढी मोबाइल सिम वा दूरसञ्चार सदस्यता रहेको अवस्थासमेत तथ्यांकमा समेटिएको छ।

ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता ३ करोड १३ लाखभन्दा बढी

प्राधिकरणका अनुसार असार २०८३ सम्म नेपालमा ब्रोडब्यान्ड इन्टरनेट सेवाका कुल सदस्यता ३ करोड १३ लाख ५ हजार ८ सय ९४ पुगेका छन्।

यसमा मोबाइल ब्रोडब्यान्डको हिस्सा सबैभन्दा ठूलो छ। मोबाइल ब्रोडब्यान्डका सदस्यता २ करोड ७७ लाख ३१ हजार ९ सय ३९ छन्, जुन कुल ब्रोडब्यान्ड सेवाको ८८.५८ प्रतिशत हो।

तारयुक्त स्थिर ब्रोडब्यान्ड सेवाका सदस्यता ३५ लाख ४३ हजार ३ सय ५३ छन्। यसको बजार हिस्सा ११.३२ प्रतिशत रहेको छ। ताररहित स्थिर ब्रोडब्यान्ड सेवाका सदस्यता ३० हजार ६ सय २ छन्, जसको हिस्सा ०.१० प्रतिशत छ।

मोबाइल ब्रोडब्यान्डमा नेपाल टेलिकम अगाडि

मोबाइल ब्रोडब्यान्ड सेवामा नेपाल टेलिकमको बजार हिस्सा ५५.२४ प्रतिशत रहेको छ। कम्पनीका मोबाइल ब्रोडब्यान्ड सदस्यता १ करोड ५३ लाख २० हजार ४ सय ३२ छन्।

एनसेलका मोबाइल ब्रोडब्यान्ड सदस्यता १ करोड २४ लाख ११ हजार ५ सय ७ छन्। यसको बजार हिस्सा ४४.७६ प्रतिशत रहेको छ।

ब्रोडब्यान्डको जनसंख्या पहुँच १४८.६४ प्रतिशत

नेपालमा ब्रोडब्यान्ड सेवाको समग्र जनसंख्या पहुँच १४८.६४ प्रतिशत पुगेको छ।

तारयुक्त स्थिर ब्रोडब्यान्ड सेवाबाट १ करोड ५४ लाख ८४ हजार ४ सय ५३ जनाले सेवा पाइरहेको अनुमान गरिएको छ। यसको जनसंख्या पहुँच ५३.०९ प्रतिशत छ।

ताररहित स्थिर ब्रोडब्यान्ड सेवाबाट १ लाख ३३ हजार ७ सय ३१ जनाले सेवा पाइरहेको अनुमान गरिएको छ। यसको पहुँच ०.४६ प्रतिशत रहेको छ।

मोबाइल ब्रोडब्यान्ड सेवाको जनसंख्या पहुँच ९५.०९ प्रतिशत पुगेको छ।


Read Previous

म्याक्सस ई-टेरोन ९ कम्फर्ट नेपालमा सार्वजनिक, पहिलो ५० ग्राहकले ८८ लाखमै पाउने

Read Next

दूरसञ्चारमा विस्तार हुँदै ४जी प्रविधि, २ करोड ६९ लाख बढी पुगे प्रयोगकर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar