Nepal Purbadhar

शनिबार, मंसिर २३, २०८०
Saturday, December 9, 2023

शनिबार, मंसिर २३, २०८०
Saturday, December 9, 2023

खानेपानी, पर्यटन, सहरी विकास र सिचाईका २२ अर्ब रुपैयाँका आयोजना प्रदेश र पालिकामा हस्तान्तरण


काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले खानेपानी, पर्यटन र सहरी विकास र सिचाईका २२ अर्ब रुपैयाँका आयोजना प्रदेशमा हस्तान्तरण हुने भएका छन् । बजेट तर्जुमाको क्रममा संघमा प्रविष्ट भएका आयोजनाहरूमध्ये १ करोड रुपैयाँ सम्मका खानेपानी, पर्यटन र शहरी विकासका आयोजना प्रदेशमा हस्तान्तरण हुनेछन् ।

त्यस्तै, २ करोड सम्मका सिँचाइ र नदी नियन्त्रण आयोजना पनि प्रदेशमा हस्तान्तरण हुनेछन् । यसवाहेक ५ करोड रुपैयाँ सम्मका सडक आयोजना प्रदेशमा हस्तान्तरण भएर जानेछन् ।

संघले सञ्चालन गरिरहेका ५० लाख सम्मका खानेपानी, पर्यटन र शहरी विकास आयोजनाहरू भने स्थानीय तहमा हस्तान्तरण हुदैछन् । यस्ता आयोजनाहरू प्रदेश र स्थानीय तहबाट मात्र कार्यान्वयन हुनेछन् ।

यसबाट संघमा पुँजीगत तर्फ विनियोजन भएको २२ अर्ब प्रदेश र स्थानीय तहमा थप वित्तीय हस्तान्तरण हुनेछ ।


Read Previous

आगामी वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड (पूर्ण पाठसहित)

Read Next

खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन

Leave a Reply

Your email address will not be published.