Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुने, इन्टरनेटको शुल्क घटाइने


काठमाडौ । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र घोषणा गरेको छ ।

आगामी आर्थिक बर्ष २०७९/०८० बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै आइतबार अर्थमन्त्री जर्नाद्धन शर्माले केन्द्रलाई साइवर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइवर सुरक्षा प्रवद्र्धन र डिजिटल फोरेन्सिक अनुसन्धानसम्बन्धी अधिकार प्राप्त निकायको रूपमा विकास गरिने घोषणा गरे ।

बजेट तथा कार्यक्रममा साइबर सुरक्षाको सुनिश्चितताका लागि उनले सरकारका विद्युतीय प्रणालीहरूको साईवर सुरक्षा परीक्षण गर्ने व्यवस्था मिलाइने समेत उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ८ अर्ब ५९ करोड विनियोजन गरिएको सो बजेटमा नेपालको आफ्नै भू–उपग्रह स्थापना गरी व्यवसायिक रूपमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माणको सम्भाव्यता अध्ययन गरिने तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रको क्षमता विकासका साथै डिजास्टर रिकभरी सेन्टर स्थापना गरिने पनि बजेटमा घोषणा गरिएको छ ।

बजेट तथा कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयन गरी पहिलो चरणमा संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने तथा स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवाको पहुँच विस्तार गरिने पनि उल्लेख छ ।

कार्यक्रममा सूचना महामार्ग, डाटा सेन्टर, इन्टरनेट एक्सचेन्ज सेन्टर, अनलाइन सेवा र विद्युतीय भुक्तानीसम्बन्धी सूचना प्रविधि पूर्वाधार विकास गर्ने पनि उल्लेख छ ।

बजेटमा हुलाक सेवाको आधुनिकीकरण र व्यवसायीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय र भरपर्दो निकायको रूपमा विकास गर्न यसको पुनर्सरचना गरिने उल्लेख छ ।

]यसैगरी दूरसञ्चार सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाइने र इन्टरनेट सेवालाई सर्वसुलभ रूपमा उपलव्ध गराउन इन्टरनेट सेवा शुल्क घटाइने पनि बजेटमार्फत सार्वजनिक गरिएको छ ।
रेडियो नेपाल तथा नेपाल टेलिभिजनको पहुँच शत प्रतिशत भू–भागमा पुर्याउने र सूचना तथा प्रसारण विभागको क्षमता अभिवृद्धि गरी डिजिटल प्लेटफर्म तथा अनलाइन टेलिभिजनको नियमन र अनुगमनलाई थप प्रभावकारी बनाइने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एक आपसमा गाभी मुद्रण कार्य एउटै छानामुनि ल्याउन संगठन पुनर्संरचना गरिने र नेपालमा नै गुणस्तरीय सुरक्षण मुद्रणसम्बन्धी कार्य गर्न सक्ने गरी क्षमता विकास गरिने पनि उल्लेख गरिएको छ ।

चलचित्रसम्बन्धी पूर्वाधार विकासका लागि दोलखा फिल्म सिटी आयोजनालाई सरकारी– निजी साझेदारी अवधारणा मार्फत निर्माण प्रक्रिया अघि बढाइने र काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याइने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ ।


Read Previous

१ परिवारलाई १ विद्युतीय चुलो अनुदानमा दिइने

Read Next

खानेपानी, पर्यटन, सहरी विकास र सिचाईका २२ अर्ब रुपैयाँका आयोजना प्रदेश र पालिकामा हस्तान्तरण

Leave a Reply

Your email address will not be published.