Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

१ परिवारलाई १ विद्युतीय चुलो अनुदानमा दिइने


काठमाडौं । सरकारले विद्युतीय चुलोमा अनुदान दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइबार आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै विद्युतीय चुलोमा अनुदान दिने घोषणा गरेका हुन् ।

उनले स्थानीय तहमार्फत अनुदानमा १ परिवारलाई १ विद्युतीय चुलो दिने व्यवस्था बजेटमा गरिएको बताए । विद्युत खपत बढाई आयातित ग्यास प्रतिस्थापन गर्न स्थानीय तहसँगको सहकार्यमा विद्युतीय चुलोमा अनुदान दिन लागिएको हो ।

विद्युत पहुँच नपुगेका घरधुरीको भान्छालाई धुवाँमुक्त बनाउन सुधारिएको चुलो वितरण गरिने पनि बजेट विनियोजन गरिएको शर्माले बताएका छन् ।


Read Previous

एलपि ग्यासमा दिइने अनुदानको पुनरावलोकन गरिने

Read Next

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुने, इन्टरनेटको शुल्क घटाइने

Leave a Reply

Your email address will not be published.