Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

एलपि ग्यासमा दिइने अनुदानको पुनरावलोकन गरिने


काठमाडौं । सरकारले खाना पकाउने एलपि ग्यासमा दिँदै आएको अनुदानको पुनरावलोकन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत ग्यासमा अहिले दिइँदै आएको अनुदानको पुनरावलोकन गरिने बताएका हुन् ।

खाना पकाउने ग्यास आयात गर्दा नेपाल आयल निगमको घाटा बढ्दै गएकाले अहिले दिँदै आएको अनुदान हटाउने मनस्थितीमा सरकार पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातित ग्यासको सट्टामा विद्युतीय चुलोको प्रवर्द्धन गर्ने गृहकार्य भइरहेको बताउँदै आएको छ ।

निगमले घाटा चुलिँदै गएपछि ग्यासमा दिइएकाे अनुदान विद्युतीय चुलाेमा सार्नेमा निगम पनि सकारात्मक छ । भारतबाट आयात गरेर बिक्री वितरण गर्दा निगमलाई ग्यासमा प्रतिसिलिण्डर १ हजार ५० रुपैयाँ बढी घाटा छ । अहिले प्रतिसिलिण्डर ग्यासको खुद्रा मूल्य १ हजार ८ सय रुपैयाँ छ ।


Read Previous

निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

Read Next

१ परिवारलाई १ विद्युतीय चुलो अनुदानमा दिइने

Leave a Reply

Your email address will not be published.