Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र    मनकामना केबलकारकाे सेवा शुक्रबार बन्द हुने   

धनगढीमा स्टार्टअप एण्ड आइडिया फेस्ट


काठमाडौ/सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।

दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा ३० भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स शेयरिङ, मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम २ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

फेस्टमा २३ स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका थिए, जसमध्ये इन्क्युवेसनका लागि ५ स्टार्टअप छनोट भएका छन् भने ब्ल्याक बोर्ड नेपाल प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ । ब्ल्याक बोर्ड नेपालसँगै पोथी इन्क्युबेटर, सार, स्मार्ट डस्टबिन, सस्तो किताब डटकम र मिझ्नी डटकम काठमाडौंमा हुने इन्क्युवेसनका लागि छनोटमा परेका छन् ।

त्यस्तै साढे २ बजेदेखि सुरू भएको डिजिटल सुदूरपश्चिम संवादमा प्रमुख अतिथिको रूपमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री डा. रणबहादुर रावलको उपस्थिति रहेको थियो ।

ह्वावे र इन्फोडेभलपर्सले प्रायोजन गरेको डिजिटल सुदूरपश्चिम संवादमा प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा छलफल भएको छ ।

ईबीमाले मुख्य प्रायोजन गरेको स्टार्टअप एण्ड आइडिया फेस्टलाई यार्सा ल्याब्स, राष्ट्रिय वाणिज्य बैंक, प्रभु पे, सफ्वेरिका कलेज, निमा एकेडेमी, ब्रोडवे इन्फोसिस, डिशहोम फाइबरनेट, एसीसीए, सेलएप, सीएसआईटी एशोसिएसन नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, टेक्नोरियो, अप्लाई जब लगायतका विभिन्न संघ संस्थाको सहयोग रहेको छ ।


Read Previous

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

Read Next

इन्धन मुल्यसँगै हवाई भाडामा वृद्धि

Leave a Reply

Your email address will not be published.