Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बरको प्रस्ताव


काठमाण्डौ/नेपाल चेम्बर अफ कमर्सले नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको भन्दै ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ ।
नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दुतावासमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षी सम्झौताको व्यवहारिक कार्यन्वयन हुनुपर्नेमा जोड दिए । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमान चोधुरीसंग मल्लको आग्रह थियो, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनका लागि तीन देशका ऊर्जामन्त्रीबीच तत्काल परिणाममुखी बार्ता गर्न आवश्यक छ । हामी निजी क्षत्रबाट पहल गर्छौं । बंगलादेशको सरकारबाट पनि यसको पहल होस् । नेपाल बंगलादेशलाई विद्युत बेच्न तयारी अवस्थामा छ, ।’
नेपाल कम्तिमा अबको १ वर्षपछि विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाई छ । भारतमा हालकै ट्रान्समिसन लाईनबाट कम्तिमा ५० मेवागट विद्युत निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीन वटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताए । चेम्बर अध्यक्ष मल्ले विद्युत व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका राजदूत चोधुरीसंग आग्रह गरे ।
नेपालका लागि राजदूत चोधुरीले नेपालमा उत्पादिन विद्युत किन्नका लागि बंगलादेश तयार रहेको बताए । ‘अवको केही देशक भित्रै बंगलादेशले ग्रन इनर्जीलाई प्रोतसाहन गर्ने छ । सोही अनुसार हाम्रा प्राथमिकताहरु, योजनाहरु बनिरहेकाछन् । नेपालको विद्युत खरिद गर्नका लागि हामी आतुर छौं ।’– उनले भने । भारतको बाटो भएर विद्युत खरिद गर्नका लागि आवश्यक प्रक्रीया तत्काल शुरु गर्न आफ्नो देशको सरकारसमक्ष पहल गर्ने राजदूत चोधुरीले बताए ।


Read Previous

टर्वाइन विज्ञ प्रधानको जीवनी पुस्तक र वृत्तचित्रमा

Read Next

गण्डकी सरकारले खोज्यो ठूलो जलविद्युत आयोजनामा प्रदेशको साझेदारी

Leave a Reply

Your email address will not be published.