
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक सुधार परियोजनाका लागि जापानले नेपाललाई २ अर्ब ७३ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
परियोजनाका लागि जापानले २ अर्ब ८५ करोड ३० लाख येन अनुदान उपलब्ध गराउनेसम्बन्धी सम्झौता बिहीबार अर्थ मन्त्रालयमा भएको हो ।
अनुदानबाट विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल (एटीसी) टावर तथा प्रशासनिक एवं सुविधा भवन निर्माण गरिनेछ । यसबाट हवाई ट्राफिक नियन्त्रण सेवा थप सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
आयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ ।

