
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।
कम्पनीले प्रस्ताव गरेको अनुपातभन्दा कम अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आयोगले पूर्वस्वीकृति दिएको हो।
कम्पनीको गत पुस २९ गते सम्पन्न साधारण सभाले १:०.४६६१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही प्रस्तावअनुसार कम्पनीले विद्युत नियमन आयोगमा पूर्वस्वीकृतिका लागि आवेदन दिएको थियो।
तर, आयोगले कम्पनीलाई १:०.२५१४ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ रहेको छ।
आयोगको पूर्वस्वीकृतिपछि कम्पनीले तोकिएको अनुपातमा हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाउनेछ।

