Nepal Purbadhar

पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान- तस्बिरहरू


काठमाडौं । चार दिनसम्म लगातार परेको वर्षापछि मनसुन बिदाइ हुने क्रममा पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान बन्न थालेको छ।

मौसम सफा भएसँगै हिमशृङ्खला अवलोकन, फेवातालमा नौकाविहार तथा विभिन्न पर्यटकीय स्थलको भ्रमणका लागि अनुकूल वातावरण बनेको छ।

पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले वर्षायाम सकिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको पर्यटन व्यवसायीहरूले बताएका छन्।

असोजदेखि सुरु हुने शरद ऋतु पोखरामा पर्यटनका लागि उपयुक्त समय मानिने भएकाले होटल, रेष्टुरेन्ट, यातायात तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा पनि चहलपहल बढ्ने विश्वास गरिएको छ।

मौसम खुलेपछि पोखराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खलाको मनमोहक दृश्य देखिन थालेको छ।

यसले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार मनसुनको बिदाइसँगै सुरु हुने शरद पर्यटन सिजनले पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने विश्वास गरिएको छ।

तस्बिर: अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी


Read Previous

हिमपहिरोमा सम्पर्कविहीनको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइयो

Read Next

कालीगण्डकीमा जलसतह घटेसँगै विद्युत् उत्पादन सुरू गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar