Nepal Purbadhar

राजधानी जोड्ने प्रमुख राजमार्ग अवरुद्ध, हेटौंडामा मालवाहक सवारी र बसको लामो लाइन- तस्बिर

DCIM100GOPROGOPR1252.JPG


हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण राजधानी काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध हुँदा हेटौंडामा सवारीसाधनको चाप बढेको छ।

पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिङ सडकका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरोध भएपछि काठमाडौं जाने मालवाहक ट्रक तथा यात्रुवाहक बसहरू वैकल्पिक मार्गतर्फ केन्द्रित भएका छन्।

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी मार्गमा समेत विभिन्न स्थानमा अवरोध हुँदा त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको छ।

सडकको क्षमता र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनका लागि समय तथा भारसम्बन्धी सीमा तोकेको छ। यसका कारण हेटौंडा क्षेत्रमा काठमाडौं जाने मालवाहक सवारी तथा यात्रुवाहक बसहरूको लामो लाइन देखिएको छ।

लगातारको वर्षा र विभिन्न सडकखण्डमा देखिएको अवरोधका कारण राजधानीतर्फ जाने सवारीसाधनको आवागमन प्रभावित भएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

विद्युत् आपूर्ति सुचारु राख्न प्राधिकरणको उच्च सतर्कता, प्रभावित क्षेत्रमा तत्काल पुनःस्थापना गरिने

Read Next

विद्युत् आपूर्ति सुचारु राख्न प्राधिकरणको उच्च सतर्कता, प्रभावित क्षेत्रमा तत्काल पुनःस्थापना गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar