Nepal Purbadhar

काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, १० लाखसम्म क्यासब्याकसहित एक्सचेन्ज अफर


काठमाडौं। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई ‘द बिगेस्ट एक्सचेन्ज मेला’ का रूपमा आयोजना गर्न लागिएको हो।

मेलामा ग्राहकले यामाहाका नयाँ पुस्ताका मोटरसाइकल तथा स्कुटरमा पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी अपग्रेड गर्न सक्नेछन्। साथै, नयाँ सवारीसाधन खरिदका लागि फाइनान्सिङ सुविधासमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

ग्राहकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन मेलास्थलमै ल्याएर तत्काल मूल्यांकन गराउन सक्नेछन्। मेलामा पुरानो सवारीसाधन एक्सचेन्ज गर्दा नयाँ यामाहा खरिदमा १० लाख रुपैयाँसम्मको क्यासब्याक उपलब्ध हुने कम्पनीको दाबी छ।

यामाहाले सवारीसाधन खरिदलाई सहज बनाउन नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ। ग्राहकले ४० महिनासम्मको कम ईएमआई योजनाबाट समेत लाभ लिन सक्नेछन्।


Read Previous

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : तनहुँका सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar