Nepal Purbadhar

नेपालमा नयाँ टोयोटा हाइलक्सको बिक्री सुरू, मूल्य १ करोड ५५ लाख रुपैयाँ


काठमाडौं। नेपालमा लोकप्रिय पिकअपमध्ये एक टोयोटा हाइलक्सको नवौँ जेनेरेसन नेपाली बजारमा सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर नयाँ हाइलक्स सार्वजनिक गर्दै बिक्री सुरू गरिएको हो।

नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ जेनेरेसन हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ निर्धारण गरेको छ।

नयाँ हाइलक्सलाई अघिल्लो पुस्ताको तुलनामा थप बोल्ड र आधुनिक डिजाइनमा तयार गरिएको छ। यसको बाहिरी डिजाइन टोयोटा ल्याण्ड क्रुजरबाट प्रेरित ‘टफ एन्ड एजाइल’ डिजाइन अवधारणामा आधारित रहेको कम्पनीले जनाएको छ।

नयाँ मोडलमा अपग्रेड गरिएको इन्टेरियर तथा विभिन्न आधुनिक सुविधा थप गरिएको छ। नेपालमा पिकअप सेग्मेन्टमा हाइलक्सले बनाएको लोकप्रियतालाई नयाँ पुस्ताले थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नयाँ हाइलक्समा २.८ लिटर डिजेल इन्जिन उपलब्ध हुने जनाइएको छ। यसको ४८ भोल्ट हाइब्रिड संस्करणसमेत बजारमा आउने सम्भावना रहेको छ।

नयाँ हाइलक्सले एक टनसम्मको लोड बोक्न सक्ने तथा ३.५ टनसम्मको टोइङ क्षमता राख्ने बताइएको छ।

नेपालमा पिकअप सेग्मेन्टमा व्यवसायिक तथा व्यक्तिगत दुवै प्रयोजनका लागि हाइलक्सको माग रहँदै आएको छ।


Read Previous

मन्त्रिपरिषद् बैठक: एनसेल शेयर खरिदबिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने, अन्य के भए निर्णय?

Read Next

नेपाल आयो कम मूल्यको बीवाइडी एटो-२, पुरानो मोडल भन्दा के के फरक छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar