
काठमाडौं। जापानी अटोमोबाइल ब्रान्ड निसानले नेपाली बजारमा नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर निसानले टेकटन नेपाली बजारमा लन्च गरेको हो।
नयाँ पुस्ताको एसयूभीका रूपमा अघि बढाइएको टेकटनले नेपाली बजारमा निसानको उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। कम्पनीले टेकटनको बजार मूल्य ५१ लाख २९ हजार रुपैयाँ निर्धारण गरेको छ।
टेकटनलाई आधुनिक तथा बोल्ड एसयूभी डिजाइनमा तयार गरिएको छ। ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन ल्याङ्ग्वेज तथा आधुनिक इन्टेरियर यसका प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
नेपाली बजारमा पछिल्लो समय एसयूभीप्रति ग्राहकको आकर्षण बढ्दै गएको अवस्थामा निसानले टेकटनलाई सोही बजारलाई लक्षित गर्दै सार्वजनिक गरेको हो।
नयाँ मोडलको आगमनसँगै नेपाली एसयूभी बजारमा निसानको प्रतिस्पर्धात्मक उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ। नाइमा मोबिलिटी एक्स्पोमा टेकटनलाई निसानको स्टलमा अवलोकन गर्न सकिनेछ।
