Nepal Purbadhar

वैदेशिक रोजगार विभागमा उजुरी व्यवस्थापन प्रणाली शुरू, अब फाइल बोकेर हिँड्नु नपर्ने


काठमाडौं । श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणका क्रममा उनले विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका छन्।

मन्त्रीको सचिवालयका अनुसार प्रणाली शुभारम्भपछि मन्त्री यादवले अब विभागका अधिकांश काम अनलाइन प्रणालीमार्फत हुने बताए।

‘अब सबै काम अनलाइन हुन्छ। अनलाइनबाटै उजुरी दर्ता हुन्छ र गुनासोको तत्काल समाधान हुन्छ। फाइल बोकेर हिँड्नु पर्दैन,’ उनले भने।

नयाँ प्रणाली सञ्चालनमा आएसँगै वैदेशिक रोजगारीसम्बन्धी गुनासो तथा उजुरी दर्ता र व्यवस्थापनलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

सेजमा भाडा नतिर्ने उद्योगलाई सरकारको चेतावनी, एक साताभित्र नतिरे बिजुली–पानी काटिने

Read Next

झ्याप झ्याप बत्ती जाने समस्या बढेपछि प्राधिकरणका कामु एमडीले सातै प्रदेशका कार्यालय प्रमुखलाई के भने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar