
काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई १२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर निष्कासन गर्नेछ।
उक्त आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडले पाएको छ।
सेबोनले २०८३ असोज २० गते कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो।
अब आवश्यक प्रक्रिया पूरा गरी कम्पनीले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने तयारी गर्नेछ। आईपीओ निष्कासनको मिति र आवेदनसम्बन्धी थप विवरण भने सार्वजनिक हुन बाँकी छ।

