
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान ७ बजेदेखि निवासअगाडि पार्किङ गरिएको हो। गाडी सडकमा यसरी राखिएको छ कि त्यहाँबाट मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार गाडी पार्किङ गरेपछि चालक नेपाल प्रहरीको गाडीमा चढेर त्यहाँबाट गएको दाबी गरिएको छ। यद्यपि, उक्त घटनाबारे प्रहरीले औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन।
घटनाको वास्तविकता र गाडी पार्किङको कारणबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।
