Nepal Purbadhar

तामुटारमा पक्की पुल बनेपछि दुई स्थानीय तहका बासिन्दालाई सहज


भोजपुर। भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भए भएको छ।

कोशी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय भोजपुरले रु ६ करोड ३३ लाखको लागतमा ५० मिटर लामो पक्की पुल निर्माण गरेको हो।
यसअघि तामुटार खोलामा बाढी आएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने गरेको थियो।

पुल गत चैतमै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो। पुलले षडानन्द नगरपालिका–१ र साल्पासिलिछो गाउँपालिका–३ लाई जोडेको छ।


Read Previous

पूर्वाधार विकास मन्त्रालयका १०० दिन: प्रगति विवरणमा अधुरा कामकै सूची धेरै

Read Next

निर्माण सुरु भयो १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर, कर्णालीको मुहार फेर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar