Nepal Purbadhar

सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ४ हजार ५०० रुपैयाँ सस्तो


काठमाडौं। स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला चार हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले सस्तो भएको छ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला चार हजार २८५ रुपैयाँ निर्धारण गरेको छ।

यसअघि सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँ कायम भएको थियो।

अन्तरराष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ९८१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ५७ दशमलव ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Read Previous

मन्त्रीको चेतावनी पछि दुई सातामै ४२ करोडभन्दा बढी बक्यौता उठ्यो, भाडा नतिर्ने उद्योगको विद्युत् लाइन काटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar