Nepal Purbadhar

भन्सार प्रक्रिया सुधार र व्यापार सहजीकरणमा डिजिटल प्रणाली विस्तार, ‘ब्लू लेन’ सुविधा लागू हुने


काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा व्यापार सहजीकरण र भन्सार प्रक्रियालाई सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित विभिन्न सुधार कार्यक्रम अघि सारेको छ।

सरकारले असल व्यवसायीलाई पहिचान गरी भन्सारमा “अथोराइज्ड बिजनेस पर्सन” (Authorized Business Person) प्रणाली लागू गर्ने भएको छ। यस्तो वर्गका व्यवसायीलाई जाँचपास प्रक्रियामा ‘ब्लू लेन’ सुविधा प्रदान गरिनेछ।

कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँचपास प्रणालीलाई थप सुदृढ र यथार्थपरक बनाइनेछ। साथै जाँचपास पछिको परीक्षण प्रणालीको कार्यालय पुनर्संरचना गरिनेछ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सहज बनाउन सबै प्रमुख भन्सार नाकामा सवारी साधनको अस्थायी पैठारी घोषणा र शुल्क भुक्तानी अनलाइन प्रणालीबाट गर्न सकिने व्यवस्था लागू गरिनेछ।

वैवाहिक पर्यटन प्रवर्द्धनका लागि विवाह प्रयोजनका सामान घोषणा, धरौटी राख्ने र विवाहपछि फर्कँदा धरौटी फिर्ता दिने प्रणालीलाई पूर्ण रूपमा स्वचालित बनाइनेछ।

नेपालमा आउने पर्यटकका लागि कानुनअनुसार तोकिएको सीमाभित्र परिवर्त्य विदेशी मुद्रा ल्याउन सकिने सरल व्यवस्था पनि लागू गरिनेछ।


Read Previous

राजस्व प्रशासनमा व्यापक आधुनिकीकरण: एआईमा आधारित कर परीक्षणदेखि पेपरलेस प्रणालीसम्म

Read Next

राजस्व चुहावट नियन्त्रण र कर सहुलियत: कृषि उद्योगदेखि अपाङ्गता सामग्रीसम्म छुट व्यवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar