
काठमाडौं । असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठलाइ नियुक्त गर्यो ।
शुक्रबार नै नियुक्त पाएका श्रेष्ठले सोमबार नियुक्तीको पत्र बुझे । शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा रहेका कारण सोमबार मात्रै उनले पत्र बुझेका हुन् । मंगलबार उनलाइ मन्त्रालय बोलाएर सपथ खुवाउने तयारी गरिएको थियो ।
मंगलबार दिर्घायु कुमार श्रेष्ठले सपथ नखाने बताए । उनले यस अघि नियुक्त भएका कुलमान घिसिङ, हितेन्द्र देव शाक्य र मनोज सिलवालले मंगलबार सपथ खाएको सम्झदै उनले बुधबार लिने बताए । मंगलबार सपथ खानेहरु सफल हुन नसकेको भन्दै उनले बुधबार खाने बताए । त्यसपछि मन्त्रालयले बुधबारको समय सपथका लागि छुट्यायो । असोज ७ गते बुधबार उनले सपथ लिए । बुधबार नै उनले पदबहाली गरेका थिए ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बमोजिम प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदमुक्त भएका थिए । निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाइ सरकारले कार्यकारी निर्देशक बनाएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । बैशाख चौथो सातादेखि उनले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका थिए। निमित्तको जिम्मेवारी सम्हाल्नु अघि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयको प्रमुखका रुपमा कार्यरत थिए ।
लामो रस्साकस्सीपछि सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

