
काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाका ग्राहकका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार अफरअन्तर्गत ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध हुनेछन् ।
‘अनलिमिटेड लाइट’ प्याकेज रु ४९९ मा उपलब्ध हुनेछ, जसअन्तर्गत दैनिक ५ जीबी उच्च–गतिको डेटा प्रयोग गर्न सकिनेछ । सो सीमा पूरा भएपछि बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै ‘अनलिमिटेड प्रो’ प्याकेज रु ६९९ मा उपलब्ध हुनेछ, जसमा दैनिक १० जीबी उच्च–गतिको डेटा प्रयोग गर्न सकिनेछ । १० जीबी सीमा समाप्त भएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेजको वैधता ३० दिन रहनेछ । यी प्याकेजहरू २०८३ जेठ १४ गतेदेखि १६ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
कम्पनीका अनुसार पोस्टपेड प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिनेछ ।
