Nepal Purbadhar

एकैदिन २ हजार ५५ सवारीचालक ट्राफिक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व सकंलन


काठमाडौं । पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५५ सवारीचालक कारबाहीमा परेका छन् । यस अवधिमा कुल रु २२ लाख ११ हजार ५०२ राजस्व राज्यकोषमा दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका ८३ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०२ जनालाई कारबाही गरिएको छ ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने १४६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ११२ जना र एकतर्फी सडकमा सवारी चलाउने ८५ जना चालकलाई कारबाही गरिएको छ ।

अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १२३ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ ।


Read Previous

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन नीतिगत सुधार आवश्यक : क्यान

Read Next

मुग्लिन-पोखरा सडक विस्तारमा ढिलाइ : आगामी असारसम्म पूरा नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar