Nepal Purbadhar

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक, सूची सहित हेर्नुहोस्


काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिले वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ । नेपाल सरकारले २०८० चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

समितिका अनुसार उपलब्ध अभिलेख र विवरणका आधारमा ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

त्यस्तै, हालसम्म ऋण भुक्तानी नगरेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण तिर्न निर्देशन दिइएको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने समितिले जनाएको छ ।

ऋणीको नाम हेर्न यहाँ क्लिक गर्नुहोस्


Read Previous

‘ऊर्जा क्षेत्र बचाउन बलियो नेतृत्व चाहिन्छ’ भन्दै बलराम खतिवडा चुनावी मैदानमा

Read Next

सूर्यविनायक–धुलिखेल सडक: तीन वर्ष वित्यो अझै बनेन, धूलो, हिलो र ट्राफिक समस्या झेल्दै सर्वसाधारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar