
काठमाडौं। काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा आजदेखि ‘नेपाल ह्याण्डिक्राफ्ट एक्स्पो एण्ड कल्चर शो २०२६’शुरू भएको छ। नेपाली हस्तकला, संस्कृति र व्यापारलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनी जेठ ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा ६० भन्दा बढी हस्तकला स्टल, फुड एण्ड बेभरेज फेस्ट, सांस्कृतिक तथा लोकनृत्य प्रस्तुति, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा आकर्षक उपहारसहितको लक्की ड्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
नेपाली मौलिक कला, सिर्जनशीलता र समृद्ध संस्कृतिको अनुभव गर्न सकिने उक्त प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।





तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी
