Nepal Purbadhar

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…


काठमाडौ । प्रतिनिधि सभाको बुधबारको बैठक विपक्षी दलहरुले अवरोध गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रम टेबुल गर्नुपर्ने अडान उनीहरुको छ। बैठक दुईपल्ट बसिसकेको छ तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
सभामुखले बारम्बार बस्न आग्रह गरिरहेका छन्। विपक्षी सांसदहरु उभिनै रहेका छन्। बीचबीचमा हाँसो र घोचपेच पनि जारी छ।


सभामुखले संसद् सञ्चालन नियमावली बुझाइरहँदा नेकपा एमालेका सांसद गुरु बरालले भने सभामुखले भनेको बुँदा रहेको खाली पेज देखाएका छन्। सांसद बरालले हाँस्दै खाली पेज देखाइरहँदा सांसदहरुबीच हाँसो फैलिएको थियो। सभामुखले पनि हाँसो रोक्न सकेनन्। तस्बिरहरु नेपाल फोटो लाइब्रेरी


Read Previous

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

Read Next

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम, पहिलोपल्ट कार्यसमितिमा ६ जना महिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar