Nepal Purbadhar

विदेशस्थित १५ नेपाली अवैतनिक कन्सुल पदमुक्त गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतनिक कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सम्माननीय राष्ट्रपतिबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई वैशाख २८ गते सोमबार दिउँसो १ बजे सम्बोधन गर्ने तथा त्यसका लागि संसद् सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ ।
यसैगरी, श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ अनुमोदनका लागि पनि संघीय संसद् समक्ष प्रस्ताव पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।


Read Previous

पर्यटकको नयाँ गन्तव्य बन्दै भच्चेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar