काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त दुई पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल अर्को एक डेपुटी गभर्नर पद भने रिक्त नै रहेको छ । उक्त पदमा नियुक्ति सम्बन्धी निर्णय भने अझै गरिएको छैन ।