Nepal Purbadhar

आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी


काठमाडौँ । नेपाली सेनाले हालका आन्दोलनका क्रममा भइरहेको लुटपाट, आगजनी र तोडफोड रोक्न आग्रह गर्दै यस्ता गतिविधि निरन्तर भए कडा कदम चाल्ने चेतावनी दिएको छ।

सेनाले सोमबार एक सूचना जारी गर्दै भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना सहित अन्य सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक खटिने स्पष्ट पारेको हो।

सूचनामा केही समूहले हालको असामान्य अवस्थाको फाइदा उठाएर सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइरहेको उल्लेख गरिएको छ। सेनाले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्दै नेपाल र नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न आफूहरू तयार रहेको जनाएको छ।

“यस किसिमका गतिविधि नरोकिएमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा लिन भदौ २४ गते राति १० बजेदेखि दृढ रहने प्रतिबद्धता जनाउँछौं,” सूचनामा भनिएको छ।

सेनाले सम्पूर्ण नागरिकलाई सुरक्षाका पक्षमा सहयोग गर्न अपिल गर्दै परिस्थितिको पुनर्मूल्याङ्कन गरी आवश्यकताअनुसार थप सूचना जारी गरिने पनि जनाएको छ।


Read Previous

प्रधानसेनापति सिग्देलको आग्रह : वार्ताबाट शान्तिपूर्ण समाधान खोजौँ

Read Next

आइतबारसम्मका लागि सेयर बजार बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar