
काठमाडौं । यही भदौ २० देखि २२ गतेसम्म हुन लागेको नेकपा नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी गोदावरीमा धमाधम भइरहेको छ । गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुँदैछ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने महाधिवेशनको तयारी करिब पूरा भएको पार्टीले जनाएको छ ।

महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २३ सय ४९ जना सहभागी हुँदैछन् ।




तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
