Nepal Purbadhar

प्राविधिक कारणले साढे दुई घण्टा बत्ती गएको हो, लोडसेडिङ भएको होइन- हितेन्द्र देव शाक्य


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले प्राविधिक कारणले साढे दुई घण्टासम्म बत्ती गएको भन्दै लोडसेडिङ नभएको बताएका छन् ।

उनले पत्रकार सम्मलेन गरेर लोडसेडिङ नभएको बताए । उनले इन्भर्टर किन्नुनपर्ने बताए । सामाजिक सञ्जालमा हल्ला गरिएजस्तो लोडसेडिङ नभएको बताए । ‘साढे २ घण्टा कन्टोल रुममा बसेर हेर । भर्खरै बृहत छलफल पनि गर्‍यौं । तत्कालै गर्ने र एक  वर्षभित्र गर्नुपर्ने र दिर्घकालीमा गर्नुपर्ने कामको योजना बनाएर गर्छौं ।

हिजोभन्दा बेटर गर्छौं,’ उनले भने ।

आन्तरिक उत्पादन हिउँद भएका कारण घटेको छ । जडित क्षमता ३५०० मेगावाट पुगेपनि हिउँदमा आयात नै गर्नुपर्छ । ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनको भारत खण्डमा आएको समस्याका कारण बत्ती गएको हो । आन्तरिक उत्पादन नहुँदा बाहिरबाट आयात गरेर बिजुलीले प्रसारणलाइन चार्ज गर्न खोज्दा समस्या आएको हो ।


Read Previous

ज्याकारान्डाको सौन्दर्यमा रमाउनेहरु [फोटो फिचर]

Read Next

एमसीसीले घर भाडामै सक्यो १७ करोड २४ लाख