Nepal Purbadhar

प्राधिकरणको श्वेतपत्र: प्राधिकरण धरासायी हुन लागेको गलत, बक्यौता बढ्यो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरण धरासायी हुन लागेको गलत भएको बताएका छन् ।

उनले प्राधिकरणको श्वेतपत्र जारी गर्दै यस्तो बताएका हु्न् । प्राधिकरणको बक्यौता बढ्दा ५ अर्ब नोक्सानी रहेको उल्लेख गरेका छन् ।

शाक्यले सार्वजनिक गरेको श्वेतपत्र अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म कुल सम्पत्ती करिब ६ खर्ब ४४ अर्ब रुपैयाँ छ । स्थिर सम्पत्ती २ खर्ब ३५ अर्ब रुपैयाँ छ । करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबरका निर्माणाधीन आयोजनाहरु छन् । यी आयोजनाहरु यथाशिघ्र सञ्चालन गर्ने गरी काम अघि बढेको छ ।

प्राधिकरणका अनुसार बक्यौता बढिरहको छ । डेडिकेटेड तथा ट्रंकलाइनको २३ अर्ब ४४ करो रुपैयाँसहित प्राधिकरणको बक्यौता ४४ अमर्ब ५४ करोड रुपैयाँ पुगेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २३ अर्ब ४४ करोड रुपैयाँ बक्यौतामध्ये पहिलो खण्ड २०७२ साउनदेखि पुससम्मको १ खर्ब ४२ करोड,दोस्रो खण्ड २०७२ माघदेखिप २०७५ बैशाखसम्म ६ अर्ब ११ करोड रुपैयांँ र तेस्रो खण्ड २०७५ जेठदेखि २०७७ असारसम्म ९ अर्ब १ करोड रुपैयाँ र चक्रिय जरिवाना ६ अर्ब ९० करोड रुपैयाँ छ ।

कोभिड छुट, चिस्यान केन्द्रलगायतका शिर्षकमा १४ अर्ब १० करोड रुपैयाँ बक्यौता छ ।

यस्तो छ श्वेतपत्रको सांराश


Read Previous

आज २ बजे श्वेतपत्र ल्याउँदै प्राधिकरण, के के आउँदैछ ?

Read Next

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल (तस्बिर समाचार)