
सांकेतिक तस्बिर
काठमाडौं । अपर लोती कर्णाली जलविद्युतको सम्भाव्यता अध्ययनको जिम्मा टेक्नोक्वारी कन्सल्ट्स र बीम कन्सल्ट्याण्ट प्रालिको सयुक्त उपक्रम (जेभी)ले पाएको छ ।
५ करो ७५ लाख रुपैयाँमा जिम्मा पाएको हो । विद्युत विकास विभागले निकालेको ठेक्कामा आवेदन दिएकामध्ये यो कम्पनी उपयुक्त भएपछि छनोटमा परेको हो ।
यो हुम्लामा पहिचाना भएको आयोजना हो । यो लोती कर्णाली नदीमा निर्माण हुनेछ । यसको जडित क्षमता ७३.८० मेगावाट हुनेछ । ग्रस हेड ४४० मिटर र नेट हेड ४१८ मिटर हुनेछ । विद्युत उत्पादन गरेर मुगु कर्णाली हबमा जोड्ने लक्ष्य छ ।

३ वर्षमा सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्नुपर्नेछ ।