Nepal Purbadhar

ढल्केबर सबस्टेसनमा आगलागी, हितेन्द्र शाक्य पुगे फिल्डमै


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा बुधबार भएको आगलागीको घटनापछि उत्पन्न भएको विद्युत् अवरोधको समस्या समाधान गर्न प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नेतृत्वको उच्चस्तरीय टोली बिहीबार घटनास्थलमा पुगेको छ।

बुधबार साँझ सबस्टेसनमा अकस्मात आगलागी भएपछि विद्युत् आपूर्तिमा व्यापक असर परेको थियो । जसका कारण देशका विभिन्न भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

कार्यकारी निर्देशक शाक्य सहित प्राविधिक तथा प्रशासनिक अधिकारीहरूको टोलीले ढल्केबर पुगेर सबस्टेसनको निरीक्षण तथा क्षतिको मूल्याङ्कन गरेको छ । टोलीका अनुसार आगलागीको कारण पत्ता लगाउने र यथाशीघ्र मर्मत गरी विद्युत् आपूर्ति पुनः नियमित गर्न आवश्यक पहल सुरु गरिएको छ । वैकल्पिक माध्यमाबाट बिजुली आपूर्ती सुरु गरिएको छ ।


Read Previous

अनुमति पाए बर्खामा खेर जाने सबै बिजुली निजी क्षेत्रले बेच्न सक्छ- खतिवडाको अन्तर्वार्ता

Read Next

चक्रपथको सर्भिस लेन विस्तारको काम धमाधम,तस्बिर समाचार