
काठमाडौं । शनिबार बिहानको हावाहुरीसँगै आएको वर्षाका कारण काठमाडौं उपत्यकाको वायु प्रदुषण केहि कम भए सँगै उपत्यकाको मौसम खुलेर आएको छ। वर्षा पछि उपत्यका यस्तो देखिएको छ। केहि दिन यता काठमाडौँमा तुवाँलो र प्रदूषण घटदो क्रममा छ भने आकाश सफा देखिन थालेको छ ।
पानी नपरेका कारण अत्याधिक प्रदुषण बढ्दा आखै पोल्ने अवस्था थियो । जसले आम मानिसको स्वास्थ्यमा प्रतिकुल असर पारेको थियो । काठमाडौं विश्वकै प्रदुषित शहरको अग्रपंक्तिमा थियो ।