
काठमाडौं । बुधबार साँझ (हिजो) देखि परेको बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी र पहिरो गएको छ ।
बाढी पहिरोका कारण केहि स्थानमा सडक पूर्ण रुपमा बन्द भएको छ भने केहि स्थानको एकतर्फी सञ्चालनमा आएको छ ।
नेपाल प्रहरीको १२ बजे दिउँसो जारी सूचना अनुसार१३ स्थानमा बाढी पहिरो गएको छ । जसमध्ये ६ स्थानमा बाटो पूर्ण रुपमा बन्द भएको छ भने ६ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ ।
प्रहरी अनुसार रुकुम पश्चिमको राप्ती राजमार्ग बाढीका कारण पूर्ण अवरुद्ध अवस्थामा छ । त्यसै गरी कालीकोटको सुर्खेत सडक खण्ड र कर्णाली राजमार्ग अवरुद्ध बनेको छ । सुर्खेतको सुर्खेत हुम्ला सडक र जाजरकोटको सडक पनि पूर्ण रुपमा अरुद्ध छ ।
https://www.facebook.com/photo?fbid=986086470320543&set=a.182869150642283