Nepal Purbadhar

बिवाईडीको हाइटेक वीक सुरु, पानी तैरिने सुपर कार पनि प्रदर्शनमा


काठमाडौं । बिवाईडीको हाइटेक वीक-२०२५ सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सुरु भएको हाइटेका नेपाली सडकमा नगुडेका ५ वटा नयाँ मोडल प्रदर्शनीका लागि राखिएको छ ।

बिवाईडीको अफरोड पीकअप ट्रक सार्क, बाओ ५, याङवाङ यु ८, जेड ९ जिटी, डेन्जा प्रदर्शनीमा राखिएको हो । याङवाङ यु ८ सुपर कार हो । जसको ३६० डिग्री ट्यांक टर्न क्षमता छ अर्थात ३६० डिग्रीमा गाडी घुम्छ भने आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्ने क्षमता छ ।

बिवाईडीले छिट्टै नेपाली बजारमा प्लग इन हाइब्रिड पीकअप सार्क तथा लक्जरी एमपीभी जेन्डा जेड ९ जिटी बिक्री गर्ने तयारी गरेको छ ।

यी दुवै कार राइट ह्याण्ड ड्राइभ भर्सनमा आएका छन् । नेपालमा ब्याट्री ईभी बिक्री गरिरहेको साइमेक्स इंकले नेपालमा प्लग इन हाइब्रिड समेत बिक्री गर्ने भएको छ । बाँकी ती मोडल भने प्रदर्शनीमा लागि मात्रै राखिएको हो । हाइटेक वीकमा सबै कार चलाएर देखाइएको थियो ।

यो कार्यक्रममा सहभागीहरूले हाई-टेक इन्टरएक्टिभ जोनहरू, बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ-प्लेटफम ३.०, डुअल मोड अफ-रोड , उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । नेक्स्ट-जेन सवारी प्रदर्शन,बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पाउनेछन् । स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक-समय प्रविधि प्रदर्शनको लाइन डेमोन्स्ट्रेसन भइरहेको छ ।


Read Previous

निसान म्याग्नाइट फेसलिफ्ट नेपालमा सार्वजनिक, ३४ लाख ७५ हजारमै पाइने

Read Next

उत्पादनमूलक उद्योगमा आइएमई ग्रुपको प्रवेश, साढे ३ अर्बमा दुई उद्योग खोल्यो