Nepal Purbadhar

जिल्ला पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ७३ प्रतिशत   


झापा । झापास्थित जिल्ला पूर्वाधार विकास कार्यालयले  आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब १२ करोड ४६ लाख ५० हजार रुपैयाँ खर्च गरेकाे छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३.३९ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुसार प्रदेश स्रोत, संघ सशर्त र समपूरक गरी जम्मा २ अर्ब १२ करोड ४६ लाख ५० हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन भएको थियो ।

“चालुतर्फ विनियोजित २ करोड ३० लाख रुपैयाँ मध्ये एक करोड ७६ लाख ४६ हजार रुपैयाँ अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३.४३ प्रतिशत खर्च भएको छ”, उनले भने ।

झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा ४ र इलाममा २ गरी ६ वटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो ।

यसैगरी, गत आवमा २६.७३ किमी सडक कालोपत्र, २७.५८ किमी सडक ग्राभेल, १७.५ किमी सडक मर्मत, ३ किमी कच्ची सडक, १.३७ किमी पिसिसी र २.२० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ । झापा जिल्लामा दुईवटा बहुवर्षीय सडकको २०.४७ किमी निर्माण सम्पन्न भएको छ ।


Read Previous

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छः उपप्रधानमन्त्री सिंह   

Read Next

प्राधिकरणले ६ उद्योगमा काटिएकाे विद्युत लाइन जोड्यो